कपिलवस्तु् । कपिलवस्तुमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बाणगंगा नगरपालिका वडा नं ८ को बोडगाउँ नजिकै सोमबार कार दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका वडा नं। ९ हरनामपुरका अन्दाजी २९ बर्षीय सुरेश पाण्डेको मृत्यु भएको छ । पाण्डेले सो कार आफै चलाएको बुझिएको छ ।
घरबाट चारनम्बर जितपुरका लागि आउँदै गरेको बा ८ च ६३९० नम्वरको कार दुर्घटना हुँदा अन्य ५ जना घाइते भएका छन ।
घाइतेहरु मध्ये दुई जनाको बुटवलमा उपचार भैरहेको छ । तीव्र गतिमा रहेको कार आफै अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
कार सडक नजिकै रहेको विद्युतको पोलमा ठोक्किएको थियो ।