झापा । राप्रपाले आगामी स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा राम थापालाई उम्मेद्वारी बनाउने घोषणा गरेको छ।
आज पार्टीको दमकमा आयोजित आमसभामा थापाको उमेदवारी घोषणा भएको हो। राप्रपाको प्रदेश नम्बर-१ को अध्यक्ष समेत रहेका थापा दमक नगरपालिकाका पूर्व प्रमुख पनि हुन्।
उनी दमकका लोकप्रिय राजनीतिक र सामाजिक राजनीतिकर्मीको रुपमा परिचित छन्। झापामा राप्रपाको संगठन प्रभावकारी रहेको छ।