आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस कति पुग्यो ?

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : ११


काठमाडौं । आज पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार प्रति तोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको सुन आज  ७१ हजार प्रति तोलामा काराेबार  भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजावी सुनको भाउ ७१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । आज चाँदी प्रति तोला ८३५ रुपैयाँमा कारोबार  भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्