काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएपछि पहिलो पटक मन्त्रिपरिषदको बैठक बस्दैछ।
बैठक सोमबार अपरान्ह ४ बजे बोलाइएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।
एपेन्डिसाइटिसको शल्यक्रियापछि दश दिन अस्पताल बसेर फर्किएपछि प्रधानमन्त्री ओली विस्तारै काममा फर्किन थाल्नुभएको हो।
प्रधानमन्त्रीलाई अचानक स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। चार दिनअघि अस्पतालबाट डिस्चार्ज हुनुभएका प्रधानमन्त्रीले यसबीचमा सीमित व्यक्तिहरुसँग मात्र भेटघाट गर्नुभएको छ।