भुवन केसीले फिर्ता लिए उम्मेद्वारी, भन्छन्-‘व्यस्तताका कारण चुनाव उठ्न असमर्थ छु’

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  २ : ४८


काठमाडौं । नायक भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयरका लागि घोषणा गरेको उम्मेद्वारी फिर्ता गरेका छन्।

स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले केसीलाई मेयरको उम्मेदवारको रुपमा घोषणा गरेको थियो।

तर एक साता नबित्दै अभिनेता केसीले आफ्नो फेसबुकमार्फत् आफू अहिले उम्मदेवार बन्न असमर्थ रहेको जानकारी दिएका छन्।

फेसबुकमार्फत् विज्ञप्ति जारी गर्दै उनले आफू प्राविधिक तथा कार्यव्यस्तताका कारण उम्मेदवार बन्न असमर्थ रहेको बताए।


प्रतिक्रिया दिनुहोस्