आफ्नो पसलबाट सामान नकिनेको भन्दै ग्राहकमाथि चक्कु प्रहार

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ४ : १७


काठमाडौँ । आफ्नो पसलबाट सामान नकिनेको भन्दै एक व्यापारीले ग्राहकमाथि चक्कु प्रहार गरेका छन्। 

यो घटना भारतको राजधानी दिल्ली हो। आफ्नो पसलबाट सामान खरीद नगरेको विषयमा व्यापारी र ग्राहकबीच विवाह भयो। विवादपछि आक्रोशित बनेका व्यापारीले ग्राहकलाई चक्कु प्रहार गरेको भारतीय मिडिया आजतकले जनाएको छ। 

उक्त स्थानमा रहेका मानिसले घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए। सुचना पाउनासाथ घटनास्थल पुगेको प्रहरीले ग्राहकलाई घाइते अवस्थामा उद्धार गरेर अस्पताल पुर्याएको छ। अनिल नामका घाइते युवकको अहिले नजिकैको अस्पतालमा उपचार भइरहेको छ। ३३ वर्षीय अनिल पेसाले ड्राइभर हुन्। 

पीडितका अनुसार उनी शनिबार अबेर रातसम्म एक पार्टीमा थिए। पार्टीबाट फर्किने क्रममा उनी केही सामान किन्न एउटा पसलमा पुगे। र त्यहाँ केही सामान किने। त्यसै क्रममा एक व्यक्ति आएर सामान हाम्रो पसलबाट किन्ने गर भने। यसै कुरामा दुबैबीच विवाद भयो। विवादकै क्रममा आरोपीले चक्कु प्रहार गरेको पीडितले बताएका छन्। 

चक्कु प्रहार गरेपछि आरोपी फरार भएका छन्। 


प्रतिक्रिया दिनुहोस्