एजेन्सी । भारतमा एकपछि अर्को बलात्कार तथा हत्याका घटना सार्वजनिक भइरहेका छन्। डाक्टरको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै जेलबाट छुटेर बलात्कारीले पीडित युवतीलाई जिउँदै जलाएको घटना सार्वजनिक भयो। त्यसलगत्तै भारतमा अर्को बलात्कारको घटना बाहिरीएको छ।
भारतको विहारस्थित मुजफ्परपुर भन्ने स्थानमा शनिबार साँझ बलात्कारको प्रयासमा असफल हुँदा एक युवतीलाई जिउँदै जलाइएको घटना सार्वजनिक भएको भारतीय मिडिया आजतकले जनाएको छ।
जिउँदै जलाइएकी युवतीको करिब ८० प्रतिशत शरीर जलेको छ। गम्भिर अवस्थामा उनको अस्पतालमा उपचार भइरहेको छ।
त्यहाँको नजिरपुर भन्ने गाउँमा युवतीकै घरमा एक व्यक्तिले युवतीमाथि बलात्कारको प्रयास गरेका थिए। बलात्कार गर्न असफल भएपछि उनले युवतीमाथि जिउँदै आगो लगाइदिएको सामाचारमा उल्लेख छ।
पीडित युवतीकी आमाको बयानका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको समाचारमा जनाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।