अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १० : २१


वासिङ्टन । अमेरिकाको सर्वोच्च अदालतमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनेकी छन्।

अमेरिकी सिनेटले शुक्रबार ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेपछि सर्वोच्च अदालतको २३३ वर्षको इतिहासमा अश्वेत महिला न्यायाधीशका रूपमा ज्याक्सनले नाम लेखाउन सफल भएकी हुन।

सर्वोच्च अदालतको नौ सदस्यीय बेन्चमा एक मात्र अश्वेत महिलाका रूपमा ज्याक्सन देखिनेछन्। राष्ट्रपति जो बाइडेनले आफ्नो चुनावी अभियानको क्रममा सर्वोच्च अदालतमा अश्वेत महिला न्यायाधीश नियुक्त गर्ने बाचा गरे अनुसार ज्याक्सनलाई न्यायाधिसमा सिफारिस गरिएको जनाइएको छ।

तीन रिपब्लिकन सिनेटरले आफ्नो पार्टीगत ‘लाइन क्रस’ गरेर न्यायाधीश ज्याक्सनको पक्षमा मतदान गरेपछि उनको नाम अनुमोदन भएको हो।

सिनेटमा मतदानको अध्यक्षता पनि पहिलो अश्वेत महिला उपराष्ट्रपति कमला ह्यारिसले गरेका थिए।

५१ वर्षीया ज्याक्सनले हावर्ड विश्व विद्यालयबाट दुई विषयमा डिग्री हासिल गरेका छन। सर्वोच्च अदालतमा छ जना कन्जरभेटिभ न्यायाधीश रहेका छन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस्