समुद्रमा अक्सिजनको मात्रा घट्यो

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  २ : १३


म्याड्रिड । जलवायुपरिवर्तन परिवर्तन र पौष्टिक तŒवबाट उत्पन्न हुने प्रदुषणका कारण समुद्रमा अक्सिजनको मात्रा घट्दै गएको छ। यसले जलचरहरू संकटमा पर्दै गएको अध्ययनले देखाएको छ। प्रकृतिका क्षेत्रमा काम गर्ने समूह आइयू्सीएनको अध्ययनबाट यस्तो तथ्य सार्वजनिक भएको हो।

सोधकर्ताहरूले यस विषयमा धेरै मुलुकहरू जानकार रहेको बताएका छन्। जलवायुपरिवर्तका कारण समुद्रमा पोषक तŒव कम हुँदै गइरहेको र परिस्थिति खराब हुँदै गइरहेको सोधकर्ताहरूको दावी छ। खेत तथा कारखानाबाट उत्पादन हुने नाइट्रोजन र फस्फोरस जस्ता रसायनका कारण समुद्रमा खतरा बढ्दै गएको र समुद्री तट नजिकको क्षेत्रमा अक्सिजन कम हुँदै गइरहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

जलवायु परिवर्तनका कारण कार्वनडाइअक्साइडको मात्रा बढ्दै गएपछि विश्व तापमान निरन्तर बढ्दै गइरहेको छ। उक्त तापमानलाई समुद्रले सोस्दा समुद्रको पानी तातो हुँदै गइरहेको र अक्सिजनको मात्रा घट्दै गइरहेको हो। सन १९६० देखि २०१० को बीचमा समुद्रमा अक्सििजनको मात्रा दुई प्रतिशतले घटेको अध्ययनले देखाएको छ। 
-नागरिक दैनिक


प्रतिक्रिया दिनुहोस्