काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्यमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नारायण दाहाल मनोनित भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रिय सभामा मनोनयन गरेकी हुन्।
दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन्। उनी यसअघि वाग्मती प्रदेश अध्यक्षसमेत थिए।