ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ६ : २०


काठमाडौं । अवैध रूपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ।

टर्कीबाट प्रकाशित हुने सञ्चारमाध्यमका अनुसार अपरेसनको क्रममा बेयोग्लु, इस्तानबुलबाट ३७ जना नेपालीलाई सुटकेससँगै प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरू ग्रिस भाग्ने तयारीमा थिए। पक्राउ परेका उनीहरूलाई निष्कासन केन्द्रमा पठाइएको छ।

 


प्रतिक्रिया दिनुहोस्