सेवा निवृत्त ६ शिक्षक सम्मानित

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ५ : ५९


भक्तपुर। सेवा निवृत्त भक्तपुरका ६ जना शिक्षकरशिक्षिका सम्मानित भएका छन्। सेवा निवृत्त शिक्षक समाज भक्तपुरले उनीहरूलाई एक कार्यक्रमका बीच सम्मानित गरेको हो । उनीहरूलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिएको छ।

सम्मानित हुने सेवा निवृत्त शिक्षकमा सरोजकुमार दत्त, कृष्णभक्त जोशी, मथुरी शाखः, रत्नदेवी प्रजापति, शिवकुमार कर्माचार्य र चन्द्रबहादुर गोसाईं रहेका छन्। उनीहरूलाई बागमती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईंले सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा गोसाईंले जहाँ शिक्षकलाई सम्मान हुँदैन त्यो समाज उत्कृष्ट समाज हुन नसक्ने बताएका थिए।

उनले गुरुको सम्मान गर्नु सबैको दायित्व रहेको पनि बताए। नेपाल सरकारले गर्नुपर्ने काम समाजले गरेको भन्दै उनले आयोजकलाई धन्यवाद दिए।


प्रतिक्रिया दिनुहोस्