‘सिरिरी बतास’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ५ : २९


काठमाडौँ । भवसागर इन्टरटेनमेन्टको प्रस्तुतिमा वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ म्युजिक भिडियो ‘सिरिरी बतास’ सार्वजनिक भएको छ।

शुक्रबार सार्वजनिक ‘सिरिरी बतास’ गीतको भिडियोमा गायिका रचना रिमाल र राजन कार्कीको स्वर छ।

डान्सिङ्ग बिटको गीतमा सुधीर श्रेष्ठ र स्मारिका, समारिका ढकाल फिचर्ड छन्। गीतकार गुरुङको शब्द रहेको गीतमा राजन खतिवडाले संगीत भरेका छन् ।

गीतकार अम्बिका गुरुङले दर्जौनौं हिट गीत दिइसकेकी उनले नेपाली गीत संगीत, साहित्य र बाल मनोविज्ञानमा कलम पनि चलाउँदै आएकी छन्।

सार्वजनिक भिडियोमा दिपक एम सिंहको कोरियोग्राफी छ, भने निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन्।

छायाकार मुकेश हुमागाईले भिडियोको छायाँकन गरेका हुन्।

भिडियो भवसागर इन्टरटेनमेन्टको अफिसयल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो तल हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्