नेकपा सचिवालय बैठक दिउँसो १ बजे बस्दै

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १ : ३०


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । समसामयिक राजनीतिक विषय तथा उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल गर्न बैठक बोलाइएको हो ।

उपचुनाव भएका ३७ जिल्लाको ५२ स्थानकै रिपोर्ट पार्टी मूख्यालय आइसकेकोले त्यसबारेमा आज समिक्षात्मक छलफल हुने बताइएको छ । यहिँ मंसिर १८ गते अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्देशनमा उपचुनावको रिपोर्ट आइतबार पार्टी मुख्यालय पुर्‍याइएको थियो ।


प्रतिक्रिया दिनुहोस्