एनसीसीका ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ४२


काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने भएका छन्।

नयाँ वर्षको उपलक्ष्यमा ल्याइएको अफरमा चैत्र २८ देखि सिमित समयको लागी अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा १,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १,५०० सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंक र दराजकोबीच सम्झौता भई उक्त छुट दिईने भएको हो।

शुक्रबार सम्झौता पत्रमा बैंकको तर्फबाट नायव महा–प्रबन्धक मुकुन्द सुवेदी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरे।

बैंकको हाल देशभर १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम रहेको छ।


प्रतिक्रिया दिनुहोस्