युक्रेनको रेल स्टेशनमा रुसले हान्यो मिसाइल: ३० जनाको मृत्यु, सय बढी घाइते

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : १९


किभ। रुस र युक्रेनबीचको युद्ध जारी छ। यसैबीच, युक्रेनको एक रेल स्टेशनमा रुसी सेनाले मिसाइल आक्रमण गरेको छ।

सो आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

१ सयभन्दा बढी घाइते भएको त्यहाँको रेल कम्पनीले जनाएको छ। कर्मातोर्स्क रेल स्टेशनमा रुसी सेनाले मिसाइल आक्रमण गरेको हो।

युक्रेनबाट विस्थापित भएर बाहिर जान लागेका हजारौँ मानिस जम्मा भएको रेल स्टेशनमा रुसी सेनाले मिसाइल आक्रमण गरेको हो। यो पूर्वी युक्रेनबाट युक्रेन छोड्ने मुख्य नाका हो।

डोनेत्सकका क्षेत्रीय गभर्नरले रेल स्टेशनमा दुईवटा शक्तिशाली मिसाइल खसेको बताएका छन्। रुसी सेनाले यसअघि पनि विभिन्न सहरका आवासीय भवनहरुलाई निशाना बनाएर आक्रमण गर्दै आएको छ।

जसका कारण डेढ महिनादेखि जारी यो युद्धमा कयौँ सर्वसाधारणले ज्यान गुमाइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्