अर्घाखाँचीमा बस दुर्घटनाः २५ घाइते , एक जनाको अवस्था गम्भीर

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  २ : ५९


पोखरा । पोखरा ३१ वेगनासतालस्थित साना किसान कृषि सहकारीबाट भ्रमणको लागि बुटवल,प्युठान हुँदै अर्घाखाँची पुगेको बस सन्धिखर्क(२,भलायडाडा ओरालोमा ब्रेक फेल भई दुर्घटनाग्रस्त भएको छ।

गण्डकी प्रदेश कास्की जिल्ला वेगनास बाट भ्रमण को लागि स्थानीय यात्रु बोकेर हिडेको ग२ख ६८० नम्बर प्लेट को बस आज अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा दुर्घटनामा भएको हो।

प्रहरीका अनुसार ३० जना सवार उक्त बसमा २५ जना घाइते भएका छन भने एक जनाको अवस्था गम्भीर रहेको र अरुको अवस्था सामान्य रहेको छ।

उनीहरुलाई अर्घाखाँची अस्पतालमा उपचार गरिदैं छ।


प्रतिक्रिया दिनुहोस्