मान्छेको जस्तै भारतमा गर्भवती कुकुरका लागि ‘बेबी सावर’ (भिडिओ)

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १२ : ५५


काठमाडौं। विश्वभर गर्भवती महिलाको पेटमा रहेको बच्चाको खुशियालीमा ‘बेबी सावर’ कार्यक्रम आयोजना गरेर मानाइने गरिन्छ।

भारतमा भने एक परिवारले गर्भवती कुकुरका लागि ‘बेबी सावर’ आयोजना गरेको छ।

जिन्युज इन्डियाका अनुसार भारतको तमिलनाडुमा एउटा गर्भवती कुकुरका लागि परिवारले ‘बेबी सावर’ आयोजना गरिदिएको हो।

How to Plan a Drive-By Baby Shower | Martha Stewart

खबरअनुसार बेबी सावर समारोहमा परिवारका सबै सदस्य उपस्थिति हुनुका साथै भोजको समेत आयोजना गरिएको थियो।

यतिबेला सामाजिक संजालमा कुकुरको बेबी सावरको भिडिओ भाइरल बनिरहेको छ।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्