पञ्चकन्या ग्रुपले दमकको बाल अस्पताललाई ६० लाखको संरचना बनाइदिने

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १२ : ३७


काठमाडौँ। पञ्चकन्या ग्रुपले दमकको बाल अस्पताललाई भौतिक संरचना बनाइदिने भएको छ।

ग्रुपले झपाको दमकमा बन्दै गरेको अस्पताललाई ६० लाख बराबारको एलजिएस स्ट्रक्चरबाट ४००० हजार वर्ग फिट क्षेत्रफल संरचना बनाइदिने भएको हो।

पञ्चकन्या ग्रुपले स्थापनाको ५०औं वर्ष पूरा गरेको अवसरमा उक्त अस्पताललाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरेको हो।


प्रतिक्रिया दिनुहोस्