कोस्टारिका। मध्य अमेरिकी राष्ट्र कोस्टारिकामा एक कार्गो विमान अवतरणका क्रममा दुई टुक्रामा परिणत भएको छ।
आकस्मिक अवतरण गर्दा विमान दुई टुक्रा भएको हो। यतिबेला उक्त दुई टुक्रा भएको विमानको भिडियो तथा तस्बिरहरु सार्वजनिक भएका छन्।
अधिकारीहरुका अनुसार पहेलो रङको जर्मन लजिस्टिक्क कम्पनी डिएचएलको विमान दुर्घटनामा परेको हो।
विमान दुर्घटना भएता पनि सो विमानमा रहेका चालकदलका सदस्यलाई केही भएको छैन। सबैको अवस्था सामान्यउ छ। यद्यपी विमान अवतरणपछि एक पाइलट भने बेहोस भएका थिए।
खबरअनुसार सो विमान बोइङको ७५७ मोडलको विमान हो।
(भिडिओ)