कैलालीमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किदा दुई जना चालकको मृत्यु

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १२ : १७


काठमाडौं। कैलालीको गोदावरी नगरपालिका–३ मा बिहीबार राति दुइओटा मोटरसाइकल ठोक्किदा दुवैजना चालकको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

सुदुरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७ ३० नम्बरको मोटरसाइकल गएराती सवा ९ बजे ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकलका चालकको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गएराती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरुमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का ३० वर्षीय पुरन कुमार मडै र कैलालीकै कृष्णपुर–५ का ३२ वर्षीय लोकेन्द्र पार्की रहेका छन्।

घाइते भएका दुवै मोटरसाइकलमा पछाडी सवार व्यक्तिहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइते भएका दुवैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्