‘ए मेरो हजुर ४’बाट हटाइए दुर्गेश, इन भए जि बब

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १० : ०८


काठमाडौं। चलचित्र ‘ए मेरो हजुर ४’ आगामी वैशाख १ गतेबाट रिलिज हुँदैछ।

यतिबेला सो चलचित्रका टिमले चलचित्रलाई प्रचारप्रसार गरिरहेको छ। यसबीचमा सो चलचित्रबाट मोडल दुर्गेश थापाको सबै सिन हटाइएको छ।

पल शाह प्रकरणलाई लिएर मोडल दुर्गेश थापा विवादमा तानिएका छन्। पलका फ्यानले दुर्गेशलाई बहिष्कार गर्ने अभियान नै चलाएका छन्।

फिल्ममा रहेको दुर्गेशको डेढ मिनेट लामो केमियो दृश्यलाई हटाइएको चलचित्रका निर्माता सुनिलकुमार थापाले जानकारी दिएका छन्।

वर्तमान परिस्थितिलाई ध्यान दिंदै दुर्गेशको दृश्य हटाइएको उनको भनाइ छ।

यसैबीच र्यापर जि बबको एक गीत यस चलचित्रमा हालिएको छ। उनको र्याप गीत चाँडै युट्युबमा सार्वजनिक गरिनेछ।

जि बबको पुरा नाम सुदिप भण्डारी हो। पछिल्लो समय एएनटीएफ र्याप ब्याटलबाट उनी चर्चामा आएका हुन्।


प्रतिक्रिया दिनुहोस्