जुडोमा नेपाललाई स्वर्ण

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १ : ४८


काठमाडौं । तेह्रौँँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालकी देविका खड्काले स्वर्ण पदक जित्नुभएको छ ।

लगनखेलस्थित आर्मीको शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज भएको खेलमा देविकाले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्णपदक दिलाउनुभएको हो ।

खड्काले अन्तिम खेलमा बङ्गलादेशकी ताहामिदा जेरिनलाई पराजित गर्दै स्वर्णपदक हात पार्नुभएको हो ।

उहाँ त्यसअघि पहिलोमा श्रीलङ्कन र दोस्रोमा भारतीय खेलाडीलाई पराजित गर्दै फाइनल नजिक पुग्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्