पाकिस्तानमा प्रधानमन्त्रीले गरेको संसद विघटन सर्वोच्च अदालतद्वारा बदर

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  १० : ०८


इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएको छ।

प्रधानमन्त्री इमरान खानले गरेको संसद विघटनको निर्णय बदर गर्दै संसद पुनर्स्थापना हुने आदेश दिएको छ।

बिहीबार साँझ अदालतले संसद विघटन गर्ने कदम गैरकानुनी भएको फैसला गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।

सर्वोच्चले पुनर्स्थापित संसदमा प्रधानमन्त्री खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि बढाउन पनि आदेश दिएको छ। सर्वोच्चले पर्सि (शनिबार) अविश्वास प्रस्तावमाथि मतदान गर्न पनि भनेको छ।

गत आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव असंवैधानिक भएको भन्दै खारेज गरिदिएका थिए।

अविश्वास प्रस्ताव खारेज गरेर संसद अधिवेशन स्थगित भएलगत्तै प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिभ अल्भीसमक्ष संसद विघटन गर्न सिफारिस गरेका थिए।


प्रतिक्रिया दिनुहोस्