बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १ : १५


काठमाडौं । नेपाल १३ औं सागको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा आइतबार साँझ सम्पन्न खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको हो । 

यस जितसँगै नेपाल साग फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार स्वर्णका लागि भुटानसँग खेल्नेछ।

नेपालको जितका लागि सुनिल बल नायक बने। कप्तान सुजल श्रेष्ठको पासमा खेलको ११ औं सुनिल बलले नेपालका लागि सुरुवाती गोल गरेका थिए ।

अन्ततः त्यही गोल खेलका लागि निर्णायक सावित भयो ।

आजको खेलमा नेपालले बराबरी खेले अथाव जिते फाइनलमा स्थान बनाउने थियो । बंगलादेशले फाइनलमा प्रवेश गर्न नेपाललाई जित्नैपर्ने थियो । 

खेलको अन्तिम मिनेटका बंगलादेशका कप्तान जमाल भुयानले रातो कार्ड पाएका थिए ।
 


प्रतिक्रिया दिनुहोस्