काठमाडौं । १३ औं साग अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल जारी छ ।
पहिलो हाफ सम्पन्न हुँदा नेपालले आफ्नो एक गोलको अग्रता जोगाएर राख्न सफल भएको छ ।
सुनिल बलको गोलसँगै नेपालले बंगलादेशविरुद्ध खेलको ११ औं सुरुवाती अग्रता लिएको थियो ।
कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले आकर्षक गोल गरेका थिए ।
दशरथ रंगशालामा बंगलादेश र नेपालबीचको हेड टु हेड खेल भइरहेको हो ।
आजको खेलमा नेपालले बराबरी खेले अथवा जिते फाइनलमा स्थान बनाउने छ । बंगलादेशले फाइनलमा प्रवेश गर्न नेपाललाई जित्नैपर्नेछ ।