‘अद्वितीय प्रतिविम्ब’ फेसन शो

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ५ : ३२


काठमाडौं । नमूना कलेज अफ फेसन टेक्नोलोजीले बिहीबार साँझ ग्र्याजुएशन फेसन शो आयोजना गरेको छ।

सिर्जनात्मक प्रस्तुतिका दृष्टिले नेपाली फेसन बजारमा उत्कृष्ट परिचय स्थापित गरेको उक्त समूहले शोको १६ औँ संस्करण प्रस्तुत गरेको हो।

काठमाडौँको होटल सोल्टीमा आयोजित उक्त शोमा मोडलहरुले आ–आफ्ना प्रस्तुति पस्किएका थिए।

नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरसहितका मोडलहरू रनवेमा उपस्थिति भएसँगै सुरु भएको उक्त शोमा फरक ११ वटा ‘थिम’ मा विविध ८२ विद्यार्थीको कलात्मक प्रस्तुति आयोजना गरिएको थियो।

उक्त शोमा २३ मोडल युवती र आठ युवा मोडलको प्रस्तुति थियो। उक्त फेसन शोको कोरियोग्राफी र निर्देशन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए।

अद्वितीय प्रतिविम्ब नाम दिइएको सो फेसन सो करिब तीन घण्टाको थियो। रासस


प्रतिक्रिया दिनुहोस्