काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले शपथ ग्रहण गरेका छन।
उनलाई ष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन।
गैरसांसद शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीवार बिहान कानुन मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका थिए।
गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ।