काठमाडौं । विराटनगरको नोबल अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालमा उपचार गराउँन गएकी एक सुत्केरीको मृत्यु भएको बिषयलाई लिएर अस्पतालमा तनाव सिर्जना भएको हो ।
आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।
बिराटनगर लोटाङकि जानुका श्रेष्ठको उपचाकारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
आफन्तले चिकित्सकले लापरवाही गरेको जनाएका छन् । अहिले अस्पतालमा मृतकका आफन्तले आन्दोलित भएका छन् । विस्तृत विवरण आउँन बाँकी छ ।