नेपाल बैंकद्धारा ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  २ : ००


काठमाडौं। नेपाल बैंकले ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौंको सिफलस्थित क्याम्पस र बैंकको सहकार्यमा स्नातक तहका विधार्थीहरुलाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको थियो।

सो क्रममा बैंकले विद्यार्थीहरुलाई मध्यनजर गरेर ल्याइएको बैंकिङ प्रोडक्ट सेवा सुविधाको बारेमा पनि जानकारी दिइएको थियो।

बैंकले अहिले देशभर २१३ शाखा ,१६० एटिएम र ५० एक्सटेन्सन काउन्टरबाट करिब २० लाख मानिसलाई सेवा दिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्