महालक्ष्मी विकास बैंकद्वारा नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण सहयोग

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  १ : ०२


काठमाडौं। महालक्ष्मी विकास बैंकको भाटभटेनी शाखाले नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण सहयोग गरेको छ।

‘सबल बैंक सफल सहकार्य’ भन्ने नाराका यस बैंकले बाल शोषण र अन्याय निर्मूल गर्न मद्दत गर्न बाल अधिकार संरक्षणमा सहयोग गर्दै आएको छ।

सो क्रममा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत नक्साल, काठमाडौंमा अवस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको हो।

फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलोहोस् भन्ने उद्देश्यले बैंकले फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको हो।

यस बैंकले १०३ शाखा मार्फत करिब ६ लाख ग्राहकलाई वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्