काठमाडौं। चिनियाँ प्रविधि कम्पनी भिभोले चाँडै नै युवालाई लक्षित गरेर दुई उत्कृष्ट मोडलको फोन बजारमा ल्याउने भएको छ।
वाई सिरिज अन्तगृतको वाई ३३ एस र वाई ०१ स्मार्टफोन सार्वजनिक गर्न लागिएको हो।
भिभोको वाई३३एस मा उत्कृष्ट ५० एमपी मुख्य क्यामेरा छ जसमा फोटोग्राफरहरू, सामग्री सिर्जनाकर्ताहरू र सामाजिक सञ्जाल उत्साहीहरूले सम्भव भएसम्म हरेक पल कैद गर्न सक्नेछन्।
अल्ट्रा–क्लियर शटहरू लिन तथा दिन र रातमा फोटोहरु खिच्न धेरै शुटिङ मोडहरू पनि यसमा छन्।
यति मात्र होइन, केही लीकहरूका अनुसार यो स्मार्टफोनमा ठूलो ब्याट्री छ जुन ५००० एमएएच हुनसक्छ, जसले प्रयोगकर्ताहरूलाई ब्याट्री सक्किन चिन्ताबाट मुक्त गराँउदै सबै अविस्मरणीय क्षणहरू खिच्न सक्ने सुनिश्चित गर्दछ।