भेरिफाइड फेसबुक पेज नै बेचिदिइन् सुष्मा कार्कीले!

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  १२ : ००


काठमाडौं। नेपालकी चर्चित मोडल तथा अभिनेत्री सुष्मा कार्कीले आफ्नो भेरिफाइड फेसबुक पेज बेचिदिएकी छिन्।

सामाजिक सञ्जालबाट पूर्ण रुपमा बाहिरिने प्रयासमा रहेकी उनले फेसबुक पेज विक्रीमात्र गरिनन् इन्स्टाग्रामबाट सबै तस्बिरहरु पनि हटाएकी छिन्।

उनको फेसबुक पेजमा नौ लाखभन्दा बढी लाइक्स थियो। सुष्माले आफ्नो भेरिफाइड पेज अरुको चासोको विषय बन्न नसक्ने जवाफ दिएकी छन्।

फेसबुक पेजमा धेरै नकरात्मक कमेन्ट आएपछि उनी सामाजिक संजालबाट टाढै रहन खोजिरहेकी हुन्।

No description available.


प्रतिक्रिया दिनुहोस्