महिला क्रिकेटको स्वर्ण बंगलादेशलाई

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ९ : ५०


पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत महिला क्रिकेटमा बंगलादेश फाइनलमा पुगेको छ ।

आइतबार पोखरामा भएको खेलमा श्रीलंकालाई २ रनले हराउँदै बंगलादेशले महिला टि ट्वान्टी क्रिकेटको स्वर्ण जितेको छ । 

बंगलादेशले प्रस्तुत गरेको ९२ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८९ रन बनाउन सक्यो ।

श्रीलंकाकी कप्तान हर्षिता माधवीले ३३ बलमा ४ चौका सहित ३२ रनको योगदान दिइन् ।

त्यस्तै लिहिनी अप्सराले २८ बलमा २ चौका सहित २५ रनको योगदान दिइन् । उमिषा थिमाशिनी ७, जानदी अनली १, काभिष्का दिलहरी ४ रनमा आउट भए ।

बंगलादेशकी नहिदा अख्तर २, जहानरा आलम, सल्मा खातुन र खादिजा तुल कुर्बाले १–१ विकेट लिए ।

त्यस अघि पोखरा रंगाशालमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।

बंगलादेशकी ओपनर मुर्सिदा खातुनले १५ बलमा ३ चौका सहित १४ रनमा आउट हुँदा अर्की ओपनर आयशा हमान २ रनमा आउट भइन् । सञ्जीदा इस्लाम १५, निगर सुल्तना २९ र फहिम खातुनले १५ रनको योगदान दिइन् ।
 


प्रतिक्रिया दिनुहोस्