कोहलपुरमा कर्फ्यू जारी, घाइतेलाई काठमाडौं ल्याइँदै

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ९ : २१


काठमाडौं । बाँकेको कोहलपुरमा १२ बर्षीया प्रकृती चन्दलाई ट्रकले ठक्कर दिँदा उग्र बनेको झडप पछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

कोहलपुरबाट पूर्वतर्फ रैनी खोला, उत्तरमा चिसापानी, पश्चिममा किरननाला र दक्षिणमा हबल्दारपुरसम्म कफ्र्यू लगाएको छ ।

दिउसो ३ बजेपछि लागू हुनेगरि कर्फ्यू लगाइएको हो ।

भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको थियो । 

फायरिङ भएपछि पनि भीड नियन्त्रण नभएपछि कर्फ्यू जारी गरिएको  प्रशासनले जनाएको छ । 

सो क्षेत्रमा प्रदर्शन गर्न प्रशासनले प्रतिबन्ध लगाएपनि विद्यार्थीहरुले प्रदर्शन जारी राखेका छन् ।

कोहलपुरस्थि त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ७ मा अध्ययनरत बालिका प्रकृति चन्दलाई किच्ने ट्रकलाई विद्यार्थीले जलाएका थिए । 

ट्रकमा आगजनी भएपछि प्रहरी कक्षाकोठा भित्रै पसेर विद्यार्थी र शिक्षकमाथि लाठि प्रहार गरेको थियो ।

झन् आक्रोसित भएका विद्यार्थीले प्रहरीमाथि ढुंगा मुढा गरेका हुन् । 

प्रहरीले शिक्षक र विद्यार्थीलाई  विद्यालय हाताभित्रै प्रवेश गरेर दुर्व्यवहार गरेपछि स्थानीय पनि आक्रोशित भएका हुन् । 

स्थानीयले प्रहरीको क्यान्टिनमा आगजनी गरेको बताइएको छ । उक्त विद्यालयमा झन्डै २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

घाइते छात्रा प्रकृतिलाई थप उपचारको लागि सेनाको हेलिकोप्टरबाट काठमान्डौं ल्याउँने तयारी भइरहेको छ। 

घटनामा चन्दको दुबै खुट्टा पुर्ण रुपमा पिल्सीएका छन भने उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्