जबर्जस्ती बिदा बसेपछि सशस्त्र प्रहरी निरीक्षक डा आस्था श्रेष्ठलाई सेवाबाट हटाइँदै

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ८ : १६


काठमाडौं। गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा। आस्था श्रेष्ठलाई सेवाबाट हटाउने चेतावनी दिएको छ ।

नेपाल एपिएफ अस्पताल बलम्बु दरबन्दी रहे पनि बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रहेको भन्दै गृहले सार्वजनिक सूचना जारी गरेर सेवाबाट हटाउनेगरी विभागीय कारबाही गर्न लागिएको जानकारी दिएको हो ।

उनी १२ फागुनदेखि कार्यालयमा आएकी छैनन् ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम १ को खण्ड ज मा ‘बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ व्यवस्था छ ।

गृहले श्रेष्ठलाई ७ दिनभित्र सफाइ पेश गनए पनि भनेको छ ।


प्रतिक्रिया दिनुहोस्