महिलाबाटै बालिकामाथि यौन शोषण, अर्का व्यक्तिले देखाउथेँ लाइभ भिडियो

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ८ : १७


एजेन्सी । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक महिलालाई ६ वर्षको जेल सजाय सुनाइएको छ। ती महिलाले २ लाख रुपैयाँ दिएर करिब ३ वर्षदेखि लगातार बालिकामाथि यौन दुर्व्यवहार गर्दै आएकी थिइन्। 

बालिकामाथि यौन दुर्व्यवहार गर्नका लागि महिलालाई एक व्यक्तिले २ लाख रुपैयाँ दिएका थिए। पैसा दिने व्यक्तिले स्काइप मार्फत लाइभ यौन शोषणको भिडियो देखाउने गर्दथेँ। यो घटना इङल्याण्डको इस्ट ससेक्स भन्ने स्थानको हो। यहाँकी ३३ वर्षीय महिला क्रिस्टीन कोलघनले बालिकामाथि यौन दुर्व्यवहार गरेकी थिइन्। उनलाई ६ वर्षको जेल सजाय सुनाइएको छ। 

महिलालाई यौन दुर्व्यवहार गर्न निर्देशन दिने व्यक्तिलाई पनि ६ वर्षको सजाय सुनाइएको छ। 


प्रतिक्रिया दिनुहोस्