सिरहामा एनएमबी बैंकको विस्तारित काउण्टर हिमालय सुगर मिल्समा संचालन

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  २ : ०६


काठमाडौँ। एनएमबी बैंकले सिरहा नरहा–३ हिमालय सुगर मिल्समा नयाँ काउण्टर सुरु गरेको छ।

बैंकको ११ औं विस्तारीत काउण्टर सोमबार उद्घाटन भएको बैंकले जनाएको छ।

बैंकले मिलसँग सम्झौता गरी गोलबजार शाखाबाट ४७ जना उखु किसानलाई सहुलियत कर्जा उपलब्ध गराईसकेको थियो।

बैंकले दि फाइनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ पाएको थियो।

बैंकको ११ एक्सटेन्सन काउन्टर, २०१ शाखा र १३९ एटिएम रहेका छन्।


प्रतिक्रिया दिनुहोस्