भारतीय प्रहरीको कारवाहीमा कस्मिरमा दुई आतङ्ककारीको मृत्यु

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १ : ३९


काठमाडौं। भारत नियन्त्रित कस्मिरमा प्रहरीको कारवाहीमा बुधबार दुई आतंककारीको मृत्यु भएको छ।

दोहोरो गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको जनाइएको छ।

भारतीय नियन्त्रित कस्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करिब ४४ किलोमिटर दक्षिणमा रहेको पुलवामा जिल्लाको त्राल क्षेत्रमा गोली हानाहान भएको प्रहरीले जनाएको छ।

विद्रोहीसँगको भिडन्तमा सरकारी फौजलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार सरकारी सेनाले विशेष गुप्तचर सूचनाका आधारमा क्षेत्रलाई घेराबन्दी गरेको थियो। रासस


प्रतिक्रिया दिनुहोस्