युक्रेनलाई अमेरिकाको १० करोड डलर सहयोग, चेक रिपब्लिकले दियो ट्यांक र सैन्य गाडी

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १ : १०


काठमाडौँ। अमेरिकाले युक्रेनलाई थप १० करोड डलर सहायता प्रदान गर्ने भएको छ।

रुसी सैनिकले युक्रेनमा तोडफोड गरेको रिपोर्ट आएपछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले उक्त सहयोग दिने घोषण गरेका हुन्।

ब्लिन्केनले भनेका छन्,‘युक्रेनलाई तत्काल एन्टी आर्मरको आवश्यता भएकाले अमेरिकाले १० कारोड डलरसम्मको सुरक्षा सहायता प्रदान गर्दैछ।’

त्योबाहेक चेक रिपब्लिकले युक्रेनलाई हतियार मद्दत गर्ने घोषणा गरेको छ। चेक रिपब्लिक युक्रेनलाई हतियार दिने पहिलो युरोपेली राष्ट्र हो।

रोयटर्सका अनुसार स्वदेशमा बनेको टी ७२ र बीवीपी १ सैन्य गाडी युक्रेन पठाइएको छ। खबरअनुसार चेक रिपब्लिकले पाँचवटा ट्याङ्क र पाँच लडाकू गाडीहरू युक्रेन पठाएको छ।


प्रतिक्रिया दिनुहोस्