काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सिन्धुली जिल्ला सेके्रटरी प्रकाउ परेका छन् ।
पार्टीका ब्युरो सदस्य तथा सिन्धुली जिल्ला सेक्रेटरी शेरबहादुर वाइबा 'कपिल'लाई प्रहरीले गिरफ्तार गरेको भन्दै ब्युरो इन्चार्ज अरुणले विज्ञप्ति जारी गरी रिहा गर्न माग गरेका छन् ।
उपचारका लागि हेटौँडा गएको बेला अमानवीय र गैरकानुनी ढङ्गले गिरफ्तार गरिएको विज्ञप्तिमा उल्लेख छ ।