‘ठग्स अफ हिन्दोस्तान’ नचलेपछि यस्तो अवस्थामा देखिए आमिर खान

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ६ : २७


काठमाडौँ । बलिउड अभिनेता आमिर खानको नयाँ लुक्स सार्वजनिक भएको छ। अब आउने फिल्म लाल सिंह चड्ढामा आमिरको नयाँ लुक्स देखिएको हो। 

ठग्स अफ हिन्दोस्तानपछि आमिर अहिलेसम्म कुनै फिल्ममा देखिएका छैनन्। अब आउने लाल सिंह चड्ढालाई लिएर उनका फ्यान निकै उत्साहित बनेका छन्। 

फिल्मको पोस्ट सार्वजनिक भएपछि फ्यानमा झन बढी उत्साह थपिएको हो। आमिरको नयाँ लुक्स आधिकारीक रुपमा भने सार्वजनिक भएको हैन्। यसलाई उनका नजिकका साथीहरुले लिक गरिएको भारतीय मिडिया आजतकले जनाएको छ। 

उक्त तस्वीर फिल्मको छायांकनका समयमा खिचिएको हो। उक्त तस्वीरमा आमिर लामो र खुल्ला कपालमा देखिएका छन्।  


प्रतिक्रिया दिनुहोस्