हात्तीले धान खान थालेपछि गाउँले हैरान

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ६ : २५


काठमाडाैं । धान भित्र्याउने बेलामा सप्तरीको विभिन्न गाउँमा हात्तीले धान खान थालेपछि गाउँले हैरान भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट हात्तीको समूहले गएराति सप्तरीको शम्भुनाथ नगरपालिका–८ बैरयाहीस्थित सकुर मियाँको घरको झ्याल भत्काई सात मन धान खाएको मियाँले बताउनुभयो ।

धान खान आउने हात्तीले कुल्चिएर लगाएको बालीसमेत नोक्सान गर्ने गरेको स्थानीयवासीले बताएका छन् । हात्तीको समूहले कुल्चिएर अगमलाल चौधरीको दुई कठ्ठा खेतमा लगाएको आलु र इनुस मियाँले दुई कठ्ठा खेतमा लगाएको कोबी नोक्सान गरी दिएको स्थानीय सरस्वती चौधरीले बताउनुभयो ।

घरको झ्याल भत्काई सात मन धान हात्तीले खाएको सप्तरीको शम्भुनाथ नगरपालिका– ८ बैरयाहीका सकुर मियाँको घर । तस्वीर: नानीमैया कटवाल/रासस


प्रतिक्रिया दिनुहोस्