प्लेनमा जर्बजस्ती घुस्न खोजेको बिषयमा ऋषि धमलालाई सोधियो स्पष्टीकरण

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ४ : ५३


काठमाडौं । नियामक निकाय प्रेस काउन्सिल नेपालले ऋषि धमलालाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौं फर्किँदा धमलाले त्रिभुवन विमानस्थलमा जहाजभित्रैबाट टेलिभिजनमा लाइभ चलाएका थिए।

सोही क्रममा प्लेनको ककपिटभित्र धमलाले जबर्जस्ति घुस्न खोजेकोबारे काउन्सिलले स्पष्टिकरण माग गरेको हो।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारको कार्ड भिर्दैमा जहाँ पनि प्रवेश गर्न सक्ने छुट नहुने बताए। ‘यस्तो कार्यले पत्रकारिताको मर्यादा र प्रतिष्ठामा आँच आउँछ । यसरी पत्रकारिताको दुरुपयोग गर्न पाइँदैन,’ उनले भने।


प्रतिक्रिया दिनुहोस्