सुजुकीको कार किन्दा दुई लाख सम्म छुट

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ४ : २१


काठमाडौँ। सुजुकीको कार किन्दा दुई लाख सम्म छुट पाउने भएका छन्।

नेपालको सुजुकी कारको आधिकारिक विक्रेता ‘सीजी होल्डिग्ज्क’ले ‘सुजुकी ह्याप्पी न्यू कार’ ग्राहक योजना मार्फत उक्त छुट दिने भएको हो।

योजना अन्तर्गत दुई लाख बराबरको छुटसँगै एक लाख पच्चिस हजार सम्म एक्सचेन्ज बोनस, एक वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजार सम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ।

उक्त छुट अफर सुजुकीका विभिन्न मोडेलका कारहरुमा फरक फरक हिसाबका लागू हुने कम्पनीको भनाई छ।

यो योजना सिमित अवधिका लागी मात्र रहने छ।


प्रतिक्रिया दिनुहोस्