बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीकी बहिनीको मृत्यु

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ५ : ०७


मुम्बइ। बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीकी बहिनीको मृत्यु भएको छ।  

नवाजुद्दिनकी २६ वर्षीया सायमा तामसी सिद्दिकीको उपचारका क्रममा मृत्यु भएको हो। उनी विगत ८ वर्षदेखि क्यान्सरबाट पीडित थिइन्। उनको पुणेमा मृत्यु भएको हो। 

भारतीय मिडिया आजतकका अनुसार नवाजुद्दिन एक फिल्म छायांकनका क्रममा आफ्ना भाइ फैजुद्दिनको साथमा यतिबेला अमेरिकामा छन् ।

गत वर्ष अक्टोबरमा नवाजले आफ्नी बहिनीको बारेमा सामाजिक संजालमा पोस्ट गरेका थिए । उनले आफ्नो ट्वीटरमा बहिनीलाई जन्मदिनको शुभकामना दिँदै आफ्नी बहिनीलाई १८ वर्षको उमेरमा स्तन क्यान्सर भएको खुलासा बताएका थिए।

१३ अक्टोबरमा गरिएको यो ट्वीटमा नवाजले लेखेका थिए ‘आज उनी २५ वर्षकी भइन् र उनी अहिले पनि लडिरहेकी छिन् । म डा. आनन्द कोपिकर र डा. लालेश बुश्रीको आभारी छु कि उहाँहरुले उनलाई हौसला दिइरहनुभएको छ । म रसुल पुकुट्टीको पनि आभारी छु कि उहाँले मलाई यी डाक्टरसँग भेटाइदिनुभयो ।’

रिपोर्टका अनुसार नवाजकी बहिनी सायमाको आज अन्तिम संस्कार उत्तर प्रदेशस्थित उनीहरुको प्रतृक गाउँ बुधानामा गरिने भएको छ। 


प्रतिक्रिया दिनुहोस्