श्रीलंकाका अर्थमन्त्रीले नियुक्त भएको भोलिपल्टै दिए राजीनामा

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  २ : ५९


कोलम्बो । आर्थिक संकटले गाँजेको श्रीलंकामा एकपछि अर्को व्यक्तिले राजीनामा दिने लहर चलेको छ। श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली सार्बेले पनि पदबाट राजीनामा दिएका छन्।

अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्टै सार्बेले पदबाट राजीनामा दिएका हुन्। ‘ यसबाट पर्न गएको असुविधाप्रति म खेद व्यक्त गर्दछु। म विश्वास गर्छु कि मैले सधैं देशको हितमा काम गरेको छु’ साब्रीको एक विज्ञप्तिमा भनिएको छ।

देशको समस्या समाधान गर्न नयाँ, सक्रिय र अपरम्परागत कदमहरू आवश्यक रहेको उनले औँल्याएका छन्।

यसअघि सोमबार मन्त्रिपरिषद्का सबै सदस्यले पदबाट सामूहिक राजीनामा दिएका थिए।


प्रतिक्रिया दिनुहोस्