५ किलो चरेससहित मामा–भान्जी पक्राउ

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ४ : ४७


काठमाडाैं । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा ५ किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए । दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयाे ।


प्रतिक्रिया दिनुहोस्