उदयपुरमा बिहानै ट्युसन पढ्न गएकी किशोरी मृत भेटिइन्, शवमा देखियो चोटपटक

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १२ : १७


काठमाडौं। उदयपुरको बेलका नगरपालिकामा १५ वर्षीया किशोरी मृत अवस्थामा भेटिएकी छिन्।

बेलका ३ की कविता सुनुवारको बिहान साढे ४ बजे ट्युसन पढ्न गएका बेला रहस्यमयी मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ठोक्सीला रामपुरका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार बालिकाको शवमा चोटपटक देखिएकाले किशोरीको हत्या भएको हुनसक्छ।

स्थानीयले बिहान ७ बजे किशारीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

श्री कोसी जनता उच्च माविमा १० कक्षामा अध्ययनरत सुनुवार बुद्धचोक घरबाट विहान जहिले ट्युसन पढ्न बिहान विद्यालय जाने गर्थिन।

घरभन्दा झन्डै दुई किलोमिटर टाढा खोल्साको किनारमा शव भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यतिबेला घटनास्थलमा स्थानीयले प्रदर्शन गरिरहेका छन्। हत्या भएको भन्दै त्यहाँ विद्यार्थीहरुले हत्यारालाई तत्काल पक्राउ गरेर कारवाहीको माग गरिरहेको स्थानीय पत्रकार सुमन सागर खतिवडाले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्