भारोत्तोलनमा नेपाललाई स्वर्ण दिलाउने कमल अधिकारीले सन्यास लिँदै

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ४ : १६


काठमाडौँ । भारोत्तोलनमा नेपाललाई स्वर्ण दिलाउने एक्ला खेलाडी कमलबहादुर अधिकारीले आज खेलबाट सन्यास लिदै छन्।

अधिकारीले मध्याह्न १२ बजे भारोत्तोलनबाट सन्यासको घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ। ४२ वर्षे अधिकारीले २००६ को सागमा स्वर्ण जितेका थिए भने १३ औँ सागमा काश्य पदकमै चित्त बुझाउनु परेको थियो। 

नेपालमा जारी १३ औँ सागको उदघाटन समारोहमा नेपाली खेलाडीहरुको नेतृत्व गर्दै कमलबहादुरले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए।
 


प्रतिक्रिया दिनुहोस्